बाटो भन्दा आधा समयमा हेटौँडा पुग्न सकिन्छ। अझ्ै कच्ची, उबडखाबड र वर्षामा भर पर्न नसकिने भए पनि फर्पिङबाट कुलेखानी वा सिस्नेरी हुँदै जाँदा तीन घण्टामा हेटौँडा पुगिन्छ। बाटो पिच गर्ने र दुई वटा पुल बनाउने हो भने यो समय दुई घण्टामा र्झ्न सक्छ। मकवानपुरका सांसद वीरबहादुर लामा भन्छन्, “बरु स्थानीय जनता आफैँले यतिका बाटो बनाए, सरकारले यत्रो महवको बाटो बनाउन कुनै चासो देखाएन।”
कुन्द दीक्षित
ाठमाडौँ–हेटौँडा सुरुङमार्ग त व्यापारिक हिसाबले हेर्दा पनि तुरुन्त फाइदा दिने खालको छ। थानकोट–कुलेखानी–भीमफेदी–हेटौँडाको बाटोमा तीन वटा गरेर जम्मा ७.२ किमि सुरुङ र ५२ किमि बाटो बनाउन कुल लागत रु.१५ अर्ब अनुमान गरिएको छ। दैनिक सात हजार सवारीसाधनले मुग्लिङको घुमाउरो बाटो ओहोर–दोहोर गर्नु परेन भने तेलको खपत, मर्मतसम्भार, पार्टपुर्जा, ह्रासकट्टीबाट अहिले नै बर्सेनि रु.८ अर्ब बच्छ। यसरी दुई वर्षमा बच्ने रकमले सिङ्गो राजमार्ग निर्माण गर्न सकिन्छ। छोटा बाटाहरूको योजना पाँच दशकअघिदेखि तर्जुमा हुन थालेका हुन्― बाग्मती कोरिडोर, थानकोट–हेटौँडा सुरुङ राजमार्ग, टीकाभैरव, फर्पिङ–कुलेखानी वा फर्पिङ–सिस्नेरी हुँदै हेटौँडा निस्किने सडकहरू। यीमध्ये केही सडकहरूको राम्रै सम्भाव्यता अध्ययन र लागत अनुमान समेत भइसकेका छन्, तैपनि सरकारको पहिलो प्राथमिकतामा पर्नुपर्ने राजधानीलाई तराई र भारतसँग जोड्ने 'फास्ट ट्र्याक हाईवे' न पञ्चायतकालमा बन्न सक्यो, न प्रजातन्त्र आएपछि शुरु भयो, न राजा ज्ञानेन्द्रको पालामा पहल भयो, न लोकतन्त्र आएपछि नै कुरा अगाडि बढेको छ।
 
 
 Posts
Posts
 
 

 
No comments:
Post a Comment